Aamsanchar

तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

Author Image
सोमवार, असार ५, २०७४

तेह्रथुम ।

यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९, आठराई गाउँपालिकामा ३७ पदका लागि १३१, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १०० र छथर गाउँपालिकामा ३२ पदका लागि १३२ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रमुख÷अध्यक्ष पदमा म्याङलुङ नगरपालिकामा नौ, लालीगुराँस नगरपालिकामा सात, मेन्छ्यायेम गाउँपालिकामा चार, फेदाप गाउँपालिकामा पाँच, आठराई गाउँपालिकामा छ तथा छथर गाउँपालिकामा ११ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुख÷उपाध्यक्षमा म्याङलुङ नगरपालिकामा छ, मेन्छ्यायेम नगरपालिकामा चार, फेदाप र लालीगुराँस गाउँपालिकामा चार÷चार, आठराईमा पाँच तथा छथरमा छ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, ४३ जना निर्वाचित हुने वडाध्यक्षका लागि १६९, महिला सदस्य पदका लागि १३४, दलित महिला सदस्यमा ११७ र ८६ खुला सदस्यमा २९३ जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौध वटा दल दर्ता भएकामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसी जनअधिकार फोरमले मात्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर