Aamsanchar

उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

Author Image
सोमवार, असार ५, २०७४

इलाम ।

उम्मेदवार बेपत्ता भएपछि नेकपा (माओवादी केन्द्र) इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ ।

शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले सोही वडामा सोममाया राईलाई उम्मेदवार बनाएको हो ।

बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिनुभयो ।

उहाँको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर