Aamsanchar

एमालेकै दबाबमा निर्वाचनको मिति : पूर्वसभामुख नेम्वाङ

Author Image
सोमवार, असार ५, २०७४

इलाम ।

नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको बताउनुभएको छ ।

“सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो, तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भयो”– नेम्वाङले भन्नुभयो ।

नेकपा (एमाले)द्वारा माङ्सेबुङ गाउँपालिकाको चिसोपानी पञ्चमीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उपनेता नेम्वाङले राजपाको बहाना बनाएर निर्वाचन पछि धकेल्न सरकार उद्दत रहेको बताउनुभयो ।

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उहाँले जनता एमालेकै पक्षमा रहेको जिकिर गर्नुभयो । आफ्नो पार्टी सरकारमा हुँदा विकास निर्माणको कार्यले प्राथमिकता पाएको चर्चा गर्दै उहाँले सरकारले गरेका गल्तीका कारण राँके–रवि–दमक सडकको ठेक्का लाग्न नसकेको आरोप लगाउनुभयो ।

पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर