गौशाला,
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
महोत्तरी प्रहरीले अवैध रुपमा कल वाइपास गरेको आरोपमा जलेश्वर नगरपालिका– ५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई आज पक्राउ गरेको छ ।
अभियुक्त अजमतले डेढ महिनादेखि आफ्नै गाउँमा एउटा पुरानो घर भाडामा लिई अवैध कल सेन्टर खोलेर कल वाइपास गर्दै आएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
अजमतले सञ्चालन गरेको अवैध कल सेन्टरबाट कल वाइपास गर्न प्रयोग हुने राउटर र माइक्रोवेभ एन्टिना युपिएस, स्टेब्लाइजर, पावरबोर्ड र झोला एक एक थान, ठूलो ब्याट्री, मोबाइल र स्पिकर दुई दुई थान, विभिन्न कम्पनीका प्रयोग भएका नेपाली रिचार्ड कार्ड पाँच थान, इलेक्ट्रोनिक्स केबुल २० मिटर र लाइन केबुल १५ मिटर बरामद गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।