Aamsanchar

राजधानीमा युवतीहरुको ग्याङ फाइट र छुरा हानाहान, यसरी भयो घटना

Author Image
बुधवार, असार ७, २०७४

काठमाडौँ ।

राजधानीमै युवतीहरुको समूहबीच ग्याङ फाइट भएको छ ।

ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोकमा कोपिला गिरी र सलिना गिरीको समूहबीच ग्याङ फाइट भएको हो । काभ्रे, बनेपा बस्ने  गिरीलाई बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना युवतीहरुले मंगलबार सातदोबाटो चोकमा छुरा हानेका हुन् ।  छुरा हान्नुअघि केहीबेर झगडा भएको थियो ।

छुरा प्रहारबाट घाइते १७ वर्षीया गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अबस्थामा रहेको सातदोबाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए । फेसबुकमा भएको गालीगलौजको विषयलाई लिएर राईको समूहले छुरा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर