Aamsanchar

च्याउ सेवनबाट ज्यान गुमाएका परिवारलाई सहयोग

Author Image
बिहिवार, असार ८, २०७४

पाल्पा।

विषालु च्याउ सेवनपछि ज्यान गुमाएका रामपुर नगरपालिका–३ गैलुकका मृतकको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । दर्शन ठकुरी समाज र विजयपुर ठकुरी दर्शन समाज, रामपुरले मृतकका परिवारलाई आर्थिक सहयोग गरेको हुन् ।

दर्शन ठकुरी समाज रामपुर–५, भम्बकले विषालु च्याउको सेवनबाट ज्यान गुमाएका परिवारलाई नगद रु ५० हजार सहयोग हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष टुकबहादुर सेनले मृतकका आफन्त जितबहादुर मल्ललाई सो रकम हस्तान्तरण गर्नुभयो । मृतकको परिवारमा केही राहत मिलोस् भन्ने मनसायले सो रकम हस्तान्तरण गरिएको अध्यक्ष सेनले बताउनुभयो ।

त्यस्तै, विजयपुर ठकुरी दर्शन समाजले रु २० हजार आर्थिक रकम सहयोग गरेको छ । समाजका सचिव हुमबहादुर शाहीले उपचार खर्च सहयोग बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण गर्नुभयो ।

गत महिना घर नजिकैको जङ्गलबाट खोजेर ल्याइएको विषालु च्याउ सेवनबाट १२ जना बिरामी परेकामध्ये पाँचजनाको उपचारका क्रममा ज्यान गएको छ भने सातजना उपचारपछि अहिले घर फर्किएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर