Aamsanchar

निर्वाचनका बेला १० दिनसम्म मदिरा बिक्री वितरणमा रोक

Author Image
बिहिवार, असार ८, २०७४

कञ्चनपुर।

स्थानीय प्रशासनले कञ्चनपुरमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले १० दिनका लागि जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आगामी १८ गतेसम्म जिल्लामा मदिरा उत्पादन, ओसारपसार, बिक्रीवितरण र सेवन गर्नेलाई कडा निगरानी गरी कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए ।

त्यस्तै निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै असार १२ गतेदेखि ४८ घण्टाका लागि नेपाल–भारत सिमानाका पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर