Aamsanchar

महासङ्घको महाअधिवेशन भदौ ४ र ५ गते काठमाडौंमा

Author Image
बिहिवार, असार ८, २०७४

काठमाडौँ ।

नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडाँैमा हुने भएको छ ।

आज बसेको सचिवालय बैठकले मुलुकको विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको स्थितिलाई दृष्टिगत गरी आगामी भदौ ४ र ५ गते महासङ्घको २५ औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको महासचिव उजिर मगरले जानकारी दिनुभयो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको सट्टा पहिले असार ९ र पछि असार १४ गतेका लागि निर्धारण गरेका कारण महासङ्घका केन्द्रीय सभासद्समेत रहेका क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार सङ्कलन र सम्प्रेषणमा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनमा सहभागी हुन सम्भव नभएकाले महाधिवेशनको मिति सारिएको महासङ्घले जनाएको छ ।

यसअघि महासङ्घको अधिवेशन यही असार २२ देखि २३ गते गर्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर