Aamsanchar

खहरे खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

Author Image
शुक्रवार, असार ९, २०७४

सोलुखुम्बु।

सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–१ स्थित नेलेमा खहरे खोलाले बगाउँदा दुईजना बालबालिकाको ज्यान गएको छ ।

बिहीबार दिउँसो परेको ठूलो वर्षापछि आएको बाढीले खोला तर्ने क्रममा उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय सोलुुखम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार ज्यान गुमाउनेमा नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ७ वर्षीय सागर कटवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया रचना बस्नेत रहेका छन् ।

यस्तै, खोलाले बगाएर कक्षा २ मा अध्ययनरत सञ्जु कटवाल र स्थानीय २५ वर्षीय गणेशबहादुर बस्नेत घाइते भएका छन् । मृतकको शव करिब ८०० मिटर तल भेटिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर