Aamsanchar

सार्वजनिक सम्पत्ति तोडफोड गरिएकामा आपत्ति

Author Image
शुक्रवार, असार ९, २०७४

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गा र भवन जबर्जस्ती खाली गराउन लागिएको र सार्वजनिक सम्पत्ति तोडफोड गरिएको भन्दै प्राधिकरणमा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन(संयुक्त)ले विरोध गरेको छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको उपस्थितिमै प्राधिकरणका कर्मचारीमाथि हातपात र धरपकड गरिएको र वितरण केन्द्रको पर्खाल भत्काउने काम भएको भन्दै सङ्गठनले आपत्ति जनाएको हो । सङ्गठनका अध्यक्ष खगेन्द्र शाही र महासचिव माधव अधिकारीले आज विज्ञप्तिमार्फत २०२९ सालदेखि निरन्तर प्राधिकरणले भोग गर्दै आएको जग्गा र भौतिक संरचना भत्काउन खोजिनु गलत भएको बताउनुभएको छ ।

सङ्गठनले दोषीमाथि कारबाही गर्न तथा प्राधिकरणका कर्मचारीको सुरक्षा र संस्थाको सम्पत्तिको संरक्षण गर्न प्राधिकरण व्यवस्थापन र सरकारसमक्ष माग गरेको छ । कीर्तिपुरका प्रमुख महर्जनले भने सडक विस्तारका लागि प्राधिकरणको पर्खाल भत्काउनु परेको बताउँदै आउनुभएको छ । नगरपालिकाले यही असार १ गते प्राधिकरणको वितरण केन्द्र कीर्तिपुरको पर्खाल भत्काएको थियो भने अब भवन नै भत्काउने बताउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर