Aamsanchar

कनकाईकी समिरा भइन् सामुदायिकतर्फ जिल्ला प्रथम

Author Image
शनिवार, असार १०, २०७४

सुरुङ्गा।

कनकाई माध्यमिक विद्यालय सुरुङ्गाबाट २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल समिरा खरेल सामुदायिक विद्यालयहरुतर्फ जिल्ला प्रथम भएकी छन् ।
विद्यालयले उनी सामुदायिक विद्यालयतर्फ छात्रामा र समग्रमा पनि झापा प्रथम भएको दाबी गरेको छ । विद्यालयका अंग्रेजी विभागका संयोजक हरिप्रसाद तिम्सिनाले समिराले आशा गरिए अनुरुप राम्रो ग्रेडमा उत्तीर्ण गरेकोमा गौरव अनुभव गरेको बताए । उनको सिम्बल नम्बर ००४२७०७ ओ रहेको छ । उनको जीपीए ३.७० आएको छ ।
विषयगत रुपमा अंग्रेजीमा ए प्लस, अनिवार्य गणितमा ए प्लस, ऐच्छिक गणितमा ए प्लस, सामाजिकमा बी प्लस, नेपालीमा बी प्लस, विज्ञानमा ए, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ए, लेखामा ए प्लस ग्रेड आएको छ । पिता तीर्थराज खरेल र माता संगीता उप्रेतीकी जेठी छोरीका रुपमा २०५९ साल बैशाख १ मा जन्मिएकी समिराले नर्सरीदेखि कक्षा ७सम्म स्थानीय पशुपति अंग्रेजी माविमा र कक्षा ८ देखि कनकाई माविमा अध्ययन गरेकी हुन् ।

उनी वक्तृत्वकला, हाजिरी जवाफ, निबन्ध लेखन लगायतका अतिरिक्त तथा सह–क्रियाकलापमा अब्बल हुँदै आएकी थिइन् । गतवर्ष स्थानीय भगवती बचत तथा ऋण सहकारी संस्था सुरुङ्गाले आयोजना गरेको सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको कनकाई नगरस्तरीय निबन्ध लेखन प्रतियोगितामा उनी प्रथम भई ५ हजार नगदसहित सम्मानित भएकी थिइन् । उनले विज्ञान विषय पढी इञ्जिनियर बन्ने र देशको सेवा गर्ने बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर