Aamsanchar

संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाइनुपर्छ–गच्छदार

Author Image
शनिवार, असार १०, २०७४

मोरङ ।

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताउनुभएको छ ।
आज विराटनगरमा सञ्चारकर्मीस“ग कुरा गर्दै उहाँले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले दोस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गच्छदारले नेपाल लोकतान्त्रिक फोरम नै राजपाका नेता, कार्यकर्ता र जनताका लागि सहज भएकोले दोस्रोचरणको चुनावमा उनीहरुले आप्mनै पार्टीलाई भोट दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले तेस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मतपत्र पुनः छाप्दा राज्यलाई आर्थिक क्षति व्यहोरिनुपर्ने हुन्छ तर मुलुकको समस्या समाधानका लागि आवश्यक भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर