Aamsanchar

कानुनका विद्यार्थी पाठक बुद्धशान्तिका लागि उत्कृष्ठ विकल्प

Author Image
शनिवार, असार १०, २०७४

बुद्धशान्ति  ।

नेकपा एमाले बुद्धशान्तिले साविकको शान्तिनगर गाविस र बुधबारे गाविसमा चुनावी सभा सम्पन्न गरको छ । एमाले बुद्धशान्तिले  शनिबार वडा नम्बर ४ मा तथा हिजो बुधबारे चोकमा चुनावी सभा गरेको हो ।

जिल्ला अध्यक्ष तिलचन पाठक – चिन्तन) अध्यक्ष पदको प्रत्यासी भएको गाउँपालिका बुद्धशान्तिको चुनावी सभामा सांसद मनकुमार गौतम, प्रेम गिरी, नरेश खरेल लगायत पार्टीका विभिन्न तहका नेता गणको आतिथ्यता रहेको थियो । शुक्रबार भएको चुनावी सभालाई सम्बोधन गर्दै बुद्धशान्तिमा एमालेको अवस्था बलियो भएको बताउँदै कार्यकर्ता र मतदातालाई अविचलित भएर एमालेमा भोट हाल्न वक्ताहरुले सुझाएका थिए ।
बुद्धशान्तिमा एमालेका तर्फबाट उम्मेदवार बनेका पाठकले बुद्धशान्तिको विकास, संवृद्धिका लागि एमालेको नेतृत्व आउनु पर्ने र त्यसका लागि मतदाताबाट ठूलो भरोसा प्राप्त भएको बताएका थिए । शनिबार वडा नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै पाठकले एमालेले बुद्धशान्तिको विकासका लागि कृषि र पर्यटनलाई आधार बनाएर अघि बढ्ने बताएका थिए । यहाँका संम्भावना र समस्यालाई एमालेले नजिकबाट बुझेको बताउँदै एमालेको नेतृत्व स्थापित भए बुद्धशान्ति गाउँपालिका सुन्दर र विकसित गाउँपालिका बन्ने पाठकले दावी गरे ।

एमाले बुद्धशान्तिले यस गाउँपालिकाको विकासका लागि सडक, शिक्षा, सिंचाई, कृषि, पर्यटन, स्वास्थ्यलाई महत्वपूर्ण आधारका रुपमा लिँदै ती कुराको विकासका लागि घोषणा पत्रमा महत्वपूर्ण ढंगले उठान गरेको छ । एमाले बुद्धशान्तिले दिगो विकास, आर्थिक क्रान्ति, सुखी र समृद्ध बुद्धशान्ति भन्ने नारा अघि सारेको छ । बुद्धशान्तिको नेतृत्व एमालेले लिए सक्षम नेतृत्व आउने दावी गर्दै विकास निर्माण र प्रशासनिक फाँटलाई चुस्त दुरुस्त बनाउन एमाले मात्र सवल पार्टी भएको वक्ताहरुले दावी गरेका छन् ।
एमालेले अध्यक्ष पदमा कानुनका विद्यार्थी पाठक नै उत्कृष्ठ विकल्प रहेको भन्दै मतदातालाई एमालेलाई भोट हाल्न सुझाएको छ । बुद्धशान्तिको उपाध्यक्षमा एमालेले महिला नेतृ मिरा भुर्तेललाई अघि सारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर