Aamsanchar

अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ

Author Image
आइतवार, असार ११, २०७४

मेलम्ची ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै गरेको एकसय क्युफिट काठसहित बा४ख २२७६ नं को मिनीट्रक इप्रका, मेलम्चीले नियन्त्रणमा लिएको हो ।

बिना इजाजतपत्र अवैध रूपमा काठ ओसारपसार गर्ने मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्ण रोक्कासहित सन्दीप रोक्का पक्राउ परेका हुन् ।

रातको समयमा अवैध रूपमा काठ निकासी हुँदै गरेको सूचनाका आधारमा इप्रका, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानासहितको टोेलीले उक्त काठ बरामद गरेको हो ।

अवैध रूपमा चोरी निकासी हुने गरेको काठ, मदिराजन्य पदार्थ र लागुऔषधजस्ता गैरकानुनी वस्तुहरू पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै पक्राउ पर्न थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर