Aamsanchar

खोलाले बगाएर दुई बालकको मृत्यु

Author Image
आइतवार, असार ११, २०७४

सुनसरी।

सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर शनिबार दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुँनेमा लौकही घर भई हाल दुहबी नगरपालिका-४ पिपलचोकमा दिदी भीनाजुको घरमा बस्ने १४ बर्षिय आकास कुमार साहा र ईटहरी-१४ खनार घर भई हाल दुहबी नगरपलिका-४ मामली घर बस्ने १० बर्षिय सजल चौधरी रहेका छन्।

शनिबार बेलुकाबाट हराएका बालकहरुको खोजी गर्ने क्रममा आइतबार विहान ६ बजे दुहबी-४ स्थित बुढी खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा उनीहरुको शव फेला परेको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिगई आवश्क कानूनी प्रकृया पुरागरी शव पोष्ट मार्टमकोलागी इनरुवा अस्पताल पठाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर