Aamsanchar

ज्येष्ठ नागरिकलाई सम्मानसहित नि:शुल्क आँखा परीक्षण

Author Image
आइतवार, असार ११, २०७४
काँकरभिट्टा,
मेची नेत्रालय आँखा अस्पतालले दशौं वार्षिकोत्सवको सन्दर्भ पारेर आज ज्येष्ठ नागरिकलाई सम्मानसहित निशुल्क आँखा परीक्षण गरेको छ ।
ज्येष्ठ नागरिक संघ झापाका सल्लाहकार समिति संयोजक अङ्गतबहादूर थापाको प्रमुख आतिथ्यमा अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेचीनगर क्षेत्रका ३० जना ज्येष्ठ नागरिकलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको हो ।
अस्पताल स्थापनाको ११ औं वर्ष प्रवेशको अवसरमा भएको कार्यक्रममा प्रमुख अतिथि थापा, अस्पतालका प्रमुख डा.शरदचन्द्रप्रकाश राई, निर्देशक पुनम प्रधान, ज्येष्ठ नागरिक संघका नगर अध्यक्ष कृष्णप्रसाद उप्रेतीलगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा सहभागी नगरका वयोवृद्धाहरुलाई सामूहिक रुपमा भोजन गराई निशुल्क रुपमा आँखाको जाँच गराइएको अस्पतालका वरिष्ठ चिकित्सक पर्शुराम भट्टराईले जानकारी दिनुभयो । वार्षिकउत्सवका अवसरमा आगामी एक साताभित्र आँखा परीक्षण गराउने सेवाग्राहीलाई जाँच शुल्कमा २५ प्रतिशत छट र आर्थिक अवस्था कमजोर भएका ब्यक्तिमध्ये दैनिक ५ जनालाई निशुल्क आँखा परीक्षण र शल्यक्रिया गरिने अस्पतालले जनाएको छ
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर