Aamsanchar

तीन बालबालिका मृत भेटिए

Author Image
सोमवार, असार १२, २०७४

भोजपुर ।

तीन बालबालिका मृत भेटिएका छन् ।

मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन् ।

मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीतनारायण चौधरीले जानकारी दिनुभयो । घटनाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर