Aamsanchar

मतदान गर्न मतदाता इच्छुकः नेता राणा

Author Image
सोमवार, असार १२, २०७४

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता अत्यन्त इच्छुक भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – “दोस्रो चरणअन्तर्गतको निर्वाचनमा राजपालाई पनि सहभागी गराउन तथा मधेसको समस्या समाधान गर्नका लागि निर्वाचनको मिति सारिएको छ ।”

नेता राणाले तेश्रो चरणअन्तर्गत प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनअघि नै नेपालको संविधान संशोधन हुने पनि बताउनुभयो ।  नेकपा (एमाले)का नेता रघुवीर महासेठले पटक पटक निर्वाचनको मिति सार्ने सरकारी निर्णयको बिरोध गर्दै दोस्रो चरणअन्तर्गतको निर्वाचनमा पनि आफ्नो दलले सम्मानजनक मत प्राप्त गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले फास्ट ट्र्याक नेपालले आफैं बनाउने र त्यसका लागि बजेटको सुनिश्चितता आफ्नो पार्टीको नेतृत्वका सरकारले गरेको तथा संविधानको कार्यान्वयनका लागि पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न गरेकाले दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा राजपासहित सबै दललाई सहभागी हुनुपर्छ भन्नेमा दुईमत नरहेको बताउँदै निर्वाचनको मिति सार्दा सरकारले पर्याप्त गृहकार्य नगरेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर