Aamsanchar

ग्रामीण नयाँ प्रविधिले स्थानीयवासी खुसी

Author Image
मङ्गलवार, असार १३, २०७४

बनेपा ।

काभ्रेपलाञ्चोकको तीन वातावरणमैत्री गाउँमा ग्रामीण नयाँ प्रविधि भित्रिएपछि स्थानीयवासी खुसी देखिएका छन् ।

ग्रामीण प्रविधि केन्द्रले आज धुलिखेलमा आयोजना गरेको वातावरणमैत्री गाउँ विकाससम्बन्धी समीक्षामा स्थानीय समुदायले नयाँ नयाँ प्रविधिले जीवनस्तर उकास्न सहयोग पु¥याएको बताए ।

जिल्लाको चलालगणेस्थानकी रुपा तामाङले खडेरी भएका क्षेत्रमा आकासे पानीको सङ्कलन प्रविधि प्रभावकारी भएको उल्लेख गर्दै त्यसबाट तरकारी खेतीमा सिँचाइको आवश्यकता पूरा भएको बताउनुभयो ।

ढुङ्खर्कका रामहरि तिमल्सिनाले कृषकलाई प्रविधिमा सक्षम बनाउँदै लगिएको र त्यसबाट वातावरणमैत्री हुन सिकिएको उल्लेख गर्नुभयो । काभ्रेपलाञ्चोकका चलालगणेस्थान, ढुङ्खर्क र च्याम्राङ्बेंसीमा तीन वर्षदेखि सो कार्यक्रम सञ्चालनमा रहेको छ ।

स्थानीय विकास अधिकारी कोमल धमलाले बजेटलाई पारदर्शी बनाउन आग्रह गर्दै गैरसरकारी संस्थाले सरकारलाई पेच किलाका रुपमा सहयोग गरेको बताउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका रामकाजी काफ्लेले वातावरणमैत्री गाउँको सूचकका बारेमा जानकार हुन आवश्यक भएको बताउनुभयो ।

सो अवसरमा बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम तिमल्सिना, केन्द्रका वरिष्ठ निर्देशक हरिगोपाल गोर्खाली, उपनिर्देशक श्याम राई, कार्यक्रम अधिकृतद्वय सुवास लामिछाने दर शोभा महर्जन, घट्ट धनी सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष शिवशरण श्रेष्ठलगायतले वातावरणमैत्री विकल्पका रुपमा घरायसी गोबरग्यास प्लान्ट, सुधारिएको चुलो, सौर्य ऊर्जा प्रविधि, विद्युत् उत्पादनका लागि सुधारिएको पानी घट्ट, प्राङ्गारिक खेती प्रविधि, प्लास्टिक टनेल खेती, आकासे पानी भण्डारणलगायत १८ प्रविधि भित्र्याइएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर