Aamsanchar

पचास लाख नेपालीका हातमा एमआरपी

Author Image
मङ्गलवार, असार १३, २०७४

काठमाडौँ।

झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् । बितेका साढे छ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन् । सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो ।

राहदानी विभागका अनुसार गत जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, तीन हजार ४९७ कूटनीतिक र १३ हजार ४२३ ‘अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने एक हजार ३०८ जनाले यात्रा अनुमति लिएका छन् ।

विभागले राहदानीबाट रु १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३०० राजस्व सङ्कलन गरेको छ । उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्वमा समावेश नभएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर