Aamsanchar

दमकमा दुई ठाउँमा बम फेला, निष्क्रिय पारियो

Author Image
मङ्गलवार, असार १३, २०७४

झापा।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट दमक नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदवार बन्नुभएका रेवतराज पुरी ‘गगन’को घर नजिकै र अर्को एक ठाउँमा पनि बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ ।

दमक नगरपालिका–६ स्थित गगनको घर नजिकै र वडा नं २ स्थित हिमालय माविको सडकमा आज विहान बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पुरीको घरदेखि २० मिटर उत्तरमा फेला परेको उक्त शङ्कास्पद वस्तु निष्क्रीय गर्न चुलाचुलीस्थित बाहिनी अड्डाबाट नेपाली सेनाको बम डिस्पोजल टोली आएको र जमीनमा खाल्डो खनी निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो । दमक पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो । झापामा पछिल्लो दुई दिनमा मतदाता तर्साउन शङ्कास्पद वस्तु राख्ने क्रम बढ्दै गएको छ ।

यसअघि हिजो मात्रै पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडसहित झापाका पाँच स्थानमा शङ्कास्पद वस्तु फेला परेको थियो । त्यसमध्ये बिर्तामोडको दुई स्थानमा बम नै भएको प्रहरीले जनाएको छ ।

बम कस्ले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर