Aamsanchar

१०४ बर्षिय वाग्लेद्धारा मतदान

Author Image
बुधवार, असार १४, २०७४

बुधबारे।

झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ को नमुना केन्द्रबाट एक सय ४ बर्षिय हरिप्रसाद वाग्लेले मतदान गर्नुभएको छ ।
राणा शासनको ३७ बर्षे अनुभव लिएका उहाँले प्रजातन्त्र, राजतन्त्र र गणतन्त्रको समेत राम्रै अनुभव लिनुभएको छ । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मूलक नेपालमा उहाँले २ बटै संविधान सभाको निर्वाचनमा पनि मताधिकारको प्रयोग गर्नुभएको छ ।
बुद्धशान्ति १ मा कान्छा छोरा बेदप्रसाद वाग्लेसँग बस्दै आउनुभएका उहाँले निर्वाचनबाट चुनिएका प्रतिनिधिले सेवालाई महत्व दिनुपर्ने र वच्चादेखि वृद्धसम्मलाई फाइदा पुग्ने कार्य गर्नुपर्ने बताउनु भयो । उहाँले चुनावमा जित्नेले कार्यमा पनि मतदाताको मन जित्नुपर्ने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर