Aamsanchar

हात्तीको आक्रमणबाट एकको मृत्यु

Author Image
बिहिवार, असार १५, २०७४

दमक ।

जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति ११ बजेतिर चारकोसे जङ्गलबाट आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि हात्ती लखेट्ने क्रममा केरुङलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका केरुङलाई उपचारका लागि मेची अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर