बिर्तामोड।
प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार यस बर्ष बिष्णु सुब्बालाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा बसेको छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । पत्रकार सुब्बा बिगत १६ बर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन् ।
यस्तै पार्वता देवी पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मुक्ति पौडेलकी श्रीमती मीना भण्डारी पौडेललाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिमा दाता परिवारका सदस्य भाष्कर शर्मा र अघिल्लो बर्ष पुरस्कृत व्यक्तित्व राजबाबु शंकर रहेका थिए ।
झापाका पहिलो पुस्ताका अग्रज पत्रकार एस.एल. शर्माको स्मृति दिवसका दिन निर्णय गरिएको यो पुरस्कार प्रत्येक बर्षको चैत्र १६ गते प्रेस स्वतन्त्रता दिवसका दिन प्रदान गरिँदै आएको छ । यसैबीच एसएल शर्मा सिर्जनशील र पार्वतादेवी प्रोत्साहन पत्रकारिता पुरस्कारको बिधानलाई संशोधन वा समायोजन गर्न छनौट समितिले पत्रकार महासंघ झापा शाखालाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।