Aamsanchar

१५ लाख रुपैयाँको लागतमा ‘पाख्री पार्क’ निर्माण

Author Image
शुक्रवार, मंसिर २६, २०८२

हिले-  धनकुटाको पाख्रीबासमा पाख्रिवासको पहिचान झल्काउने उद्येश्यले ‘पाख्री पार्क’ निर्माण गरिएको छ । पाख्रीबास युथ युनाइटेडको अगुवाइमा पाख्रिवास चोकमा करिब १५ लाख रुपैयाँको लागतमा पाक्रिपार्क निर्माण गरिएको हो ।

पहिलेका समयमा धरानबाट ढाकर बोकेर आउने ढाक्रे र भरीयाहरू हालको पाख्रिवासमा रहेको पाख्रीको रुखको फेदमा बास बस्ने गर्दथे । यही इतिहास र प्रचलनकै आधारमा ‘पाख्रीबास’ नाम रहेको मान्यता रहँदै आएको छ । पछि बजार विस्तारसँगै सो पाख्रीको रुख काटिएको थियो अहिले सोहि स्थानमा स्मरणरूपमा पाख्री पार्क निर्माण गरिएको संस्थाका अध्यक्ष गणेश गुरुङले जानकारी दिनुभयो ।

पार्कमा पाख्रीको बिरुवा, ढाकर, ढाक्रे, चुल्हो लगायत त्यही समयका सांस्कृतिक प्रतीकहरू समेत समावेश गरिएको छ । पार्क निर्माणमा पाख्रीबास नगरपालिकाले ६ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । बाँकी रकम देश–विदेशमा रहेका पाख्रीबासेबाट संकलन गरिएको अध्यक्ष गुरुङको भनाई छ । पाख्रवासको पहिचान र पर्यटन पर्बद्धनमा सहयोग पुग्ने पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङको भनाइ छ ।

Views: 109

प्रतिक्रिया (०)