काठमाडौं,
मानव वेचविअन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको कालिकोट नगरपालिका घर भइ काठमाडौंको गंगवुमा बस्ने ५६ वर्षे कृष्णबहादुर गुरुङ, झापाको गोलडुवा ८ का ३४ वर्षे खड्गबहादुर विश्वकर्मा र तेह्रथुमको ओख्रेगाउँपालिका ८ का डिल्लिश्वर लिम्बु रहेका छन् ।
उनीहरुले यहि साउन ५ गते एक महिलालाई प्रलोभनमा पारि फ्रि भिसा फ्रि टिकटमा पठाइदिन्छु भनि दुवई हुँदै कुवेत पुर्याउन लागेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरेको थियो ।
पक्राउ परेका तीन जना विरुद्ध मानव वेचविखन तथा ओसार पसार मुद्दामा अनुसन्धान तथा कारबाहिका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । उज्यालोबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 264