झापा ।
युनाइटेड रिभर साइड यूथ फाउण्डेशनले बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचित जनप्रतिनिधिले जनताको भावना अनुकुलको काम गर्ने बताए ।
आजका यूवाहरुको चाहना, समृद्द समाजको परिकल्पना भन्ने मुल नारा बोकेर स्थापना भएको संस्थाद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथि पबित्रा महतारा प्रसाई रहेकी थिइन् । प्रमुख अतिथि प्रसाईले आफू पार्टीको मात्र नभई नगरकै प्रतिनिधि भएको बताइन्।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य सङ्घका अध्यक्ष बलराम कार्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष सजेश शिवाकोटी, वडाध्यक्षहरु क्रमश अग्निप्रसाद पाण्डे, नगेन्द्र सङग्रौला, भोजराज सिटौला, कुलप्रसाद सङग्रौला, राजेन्द्रप्रसाद लिङदेन, सूर्यप्रसाद कन्दङ्वा, गंगाबहादुर भट्टराई, अजय कार्की, पवित्रा पाठक, दुर्योधन गुरुङ, वडा नम्वर–४ का वडा सदस्यहरु राहुल शर्मा, गंगाप्रसाद प्रसाई, कबिता देबी डाँगी, निर्मला देवी सुनार लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका उपाध्यक्ष तारा कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा औचित्यमाथि युवराज ढकालले प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष सञ्जीव चापागाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । बिर्तामोड क्षेत्रभित्र अव्यस्थित रहेको फोहोरमैला व्यवस्थापन गर्न र सामाजिक कार्यमा रिभर साइडले सकारात्मक भुमिका खेल्ने संस्थाका सदस्य रणदेव हजामले जानकारी दिए ।