झापा । 
विर्तामोड उद्योग वाणिज्य संघ अध्यक्षमा कुमार भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराईले निकतम प्रतिष्पर्धी हनुमान मित्तललाई २३५ मतअन्तरले पछि पार्दै भट्टराई निर्वाचित हुनु भएको हो ।
भट्टराईले ११३१ मत प्राप्त गर्दा मित्तलले ८९६ मत प्राप्त गर्नुभएको थियो भने अर्का अध्यक्ष पदका प्रत्यासी हरि प्रसाईले ११८ मत प्राप्त गर्नु भएको निर्वाचन समिति सदस्य शिवकुमार अग्रवालले जानकारी दिनुभयो ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी विजयी हुनु भएको छ । निकटम प्रतिपष्र्धी गंगाप्रसाद मैनालीलाई ७०८ मतले पछि पार्दै शिवाकोटी निर्वाचित हुनु भएको हो, मैनालीले ६५४ मत प्राप्त गर्नुभएको थियो। यसैगरी कूलप्रसाद खरेललाई ४५८ मत अन्तरले पछि पार्दै र उद्योग उपाध्यक्षमा राजु न्यौपाने निर्वाचित हुनु भएको छ । न्यौपानेले १२३६ मत प्राप्त गर्दा खरेलले ७७८ मत प्राप्त गर्नुभएको थियो ।


बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया १०५४ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ। चिमरियाले प्रतिष्पर्धी शार्दुलहाङ ओलीलाई १०९ मतले पछि पार्नुभएको हो । ओलीले ९३६ मत प्राप्त गर्नुभएको थियो । महिला उपाध्यक्षमा पार्वता विमली निर्वाचित हुनु भएको छ । विमलीले प्रतिष्पर्धी दुर्गा खतिवडालाई ५४७ मतअन्तरले पछि पार्दै विजयी हुनु भएको हो । विमलीले १२६७ मत प्राप्त गर्दा खतिवडाले ७२० मत प्राप्त गर्नुभएको थियो । यता महासचिवमा सुवास भट्टराईलाई २५५ मतले पछि पार्दै प्रशान्त भण्डारी विजयी हुनुभएको छ । भण्डारीले ११३० मत प्राप्त गर्दा भट्टराईले ८७५ मत प्राप्त गर्नुभएको बताइएको छ ।
यसैगरी सचिवतर्फ उद्योग सचिवमा ११६४ मत प्राप्त गर्दै रविन्द्र भट्टराई निर्वाचित हुनु भएको छ। निकटम प्रतिष्पर्धी राजन थापाले ८२३ मत प्राप्त गर्नुभएको थियो भने वाणिज्य सचिवमा प्रकाश घिमिरे निर्वाचित हुनु भएको छ । घिमिरेले प्रतिष्पर्धी घनश्याम चौधरीलाई ४५ मतले पछि पार्नु भएको थियो । चौधरीले ९७१ मत प्राप्त गर्नुभएको थियो । यसैगरी कोषाध्यक्षमा २३९ मतअन्तर पार्दै मनोज अग्रवाल निर्वाचित भएका छन् । पवन खेडियालाई २३९ मतअन्तरले पछि पार्दै अग्रवाल निर्वाचित भएका हुन् । खेडियाले ८५८ मत प्राप्त गरेका थिए ।
बाणिज्य संघको निर्वाचनमा व्यवसायीहरु अलग अगल प्यान बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए । त्यसैगरी सदस्यहरुमा खगेन्द्र खरेल, कुशल खतिवडा, राजकुमार घिमिरे, गौरीशंकर गुप्ता, सञ्जीव घिमिरे, राजकुमार साह र राजु सापकोटा, विजयी भएका छन् । यता महिला सदस्यतर्फ उर्मिला खरेल र राधिका चुडाल निर्वाचित भएका छन् ।


