सुर्य खवास/युएई,

प्रवासी भुजेल समाज सेवा समिती युएईले ट्रक दुर्घटनामा परि घाईते भएको रामनगर, विरगञ्ज निवासी अनिता भुजेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
प्रवासी भुजेल समाज सेवा समिति युएईका सल्लाहाकार लक्ष्मण थापाले उक्त सहयोग रकम घाईतेकी दिदी सुनितालाई हस्तान्तरण गर्नुभएको समाजका अध्यक्ष यमबहादुर घर्तिले जानकारी दिनुभयो ।
समाजले यस अघि पनि झापाकी मुटुरोगी दुर्गा खवास, सुनसरीकी किडिनी पिडित वृन्दा बज्रचार्य, सोलुखुम्बुका दुर्घटना घाईते होम बहादुर भुजेल, गुल्मिका अभिभावक गुमाएका न्यून आर्थिक अवस्थाका मिना र जमुना घर्तिलाई आर्थिक सहयोग गरिसकेको समाजको राहत कोषका संयोजक पदम भुजेलले जानकारी दिनुभयो ।
Views: 254


