Aamsanchar

आर्थिक अभाबले उपचारमा समस्या

Author Image
शुक्रवार, साउन २७, २०७४

झापा।

झापाको शिवसत्ताक्षी नगरपालिका–११का ३८ बर्षीय हस्तबहादुर तामाङको आर्थिक अभाबले थप उपचार गर्न समस्या भएको छ ।
तामाङको करिब दुई महिना अघि दमकस्थित लाईफ लाइन अस्पतालमा अण्डकोषमा समस्या देखिएपछि अप्रेसन गरिएको थियो । तर, तामाङको अप्रेसन पछि पनि समस्या ठीक नभएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको नोबेल अस्पतालसम्म पु¥याइसकेको परिवारिक स्रोतले जनाएको छ ।
तामाङको स्वास्थ्य अवस्था झन्झन् जटिल बन्दैगएपछि आर्थिक अभाबका कारण थप उपचार गर्न नसकेको आमा पूर्णिमाया तामाङले दुःख पोखिन् । चिकित्सकले तामाङको पेटको दायाँ–बायाँ दुबैभागमा अप्रेशन गरेका थिए । तर अप्रेशनपछि घाउ निको हुनुको सट्टा झन् बढ्दै जादाँ मलमुत्र समेत पेटबाट नै निस्कन थालेपछि विरामीको अवस्था जटिल बन्दै गएको छ ।

चिकित्सकले दमकमा थप उपचार गर्न नसकिने बताएपछि बिरामीलाई धरान लगिएको थियो । तर, धरानमा धेरै खर्च लाग्ने बताएपछि आर्थिक अभाबका कारण विरामी छोरालाई घरमा नै फिर्ता ल्याएको बिरामीकी आमाले बताइन् । उनले छोराको उपचारमा यथाशक्य सहयोग गरिदिनुहुन सबैमा मनकारीलाई अनुरोध समेत गरेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)