Aamsanchar

तपाईको जिल्लामा चुनाव कहिले ? मंसिर १० की २१ गते ?

Author Image
बिहिवार, भदौ १५, २०७४

काठमाडौं,

निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।

सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले पहिलो चरण र दोस्रो चरण मंसिर २१ गते चुनाव हुने जिल्ला विभाजन गरेको हो । दोस्रो चरणमा ४५ जिल्लामा चुनाव हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला

प्रदेश नं १– सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३– नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४– मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५– रूकुम (पूर्वी भाग) र  रोल्पा,
प्रदेश नं ६–  रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७– दार्चुला, बझाङ, बाजुरा र  बैतडी ।

मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुने ४५ जिल्ला

प्रदेश नं १– इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २– सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र  रौतहट,
प्रदेश नं ३– सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ,  कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र  बर्दिया,
प्रदेश नं ६–  सल्यान, सुर्खेत र  दैलेख,
प्रदेश नं. ७– कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र  डोटी

उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर