Aamsanchar

ऊर्जा तथा वातावरणका लागि महिला सञ्जाल गठन

Author Image
शनिवार, भदौ १७, २०७४

काठमाडौँ।

विकासको मुख्य साधक ऊर्जा क्षेत्रको विकास र व्यवस्थापन सहभागितामूलक र समावेशी बनाई महिला सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले राष्ट्रियस्तरमा ऊर्जा तथा वातावरणका लागि महिला सञ्जाल नेपालको गठन गरिएको छ ।
आज यहाँ सम्पन्न महिला भेलाबाट कला तिमल्सिनाको संयोजकत्वमा विभिन्न १० जिल्लाका १३ सदस्यीय संजाल निर्माण भएको छ ।
ऊर्जा क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरुका निर्णायक तहमा अहिलेसम्म महिलाको प्रतिनिधित्व हुन नसकेको र निजी तथा सामुदायिक संस्थाहरुमा पनि महिलाको सहभागिता नगन्य रहेकाले ऊर्जाको उत्पादन, प्रसारण र वितरणका क्षेत्रमा महिलामैत्री नीतिगत व्यवस्था हुन नसकेको भेलामा सहभागीको निस्कर्ष थियो ।
सञ्जाल गठनमा सहजीकरण गरेको नेपाल ऊर्जा फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले विश्वका अधिकांश मुलुकमा महिला र ऊर्जालाई विशेष महत्व दिइएको बताउँदै विद्युतीय सुरक्षा, आयआर्जन र समन्यायिक ढंगबाट लाभको बाँडफाँडमा महिलाको सशक्तीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गाउँदेखि केन्द्रसम्म ऊर्जासम्बन्धी जनचेतनाको विकास गरी ऊर्जा क्षेत्रमा महिलाहरुको पहँुच बडाउन राष्ट्रियस्तरमा महिला संजाल गठन गर्नु आवश्यक भएको बताउनुभयो ।
कानूनविद् दिलराज खनालले खाना पकाउनदेखि विद्युतीय उपकरणको सञ्चालनमा महिलाको संलग्नता रहने भएपनि मुलुकमा विद्यमान ऊर्जासम्बन्धी कुनैपनि ऐन नियम महिलामैत्री हुन नसकेको, ऊर्जाको लाभमा महिलालाई संलग्न नगरिएको र नीति निर्माण तहमा महिलाको सहभागिता नभएको उल्लेख गर्नुभयो ।
सञ्जालकी संयोजक तिमल्सिनाले उर्जा क्षेत्रमा महिलाको प्रभावकारी सहभागिताको लागि क्षमता अभिवृद्धि गर्ने, उर्जामा आधारित उद्यम व्यवसाय र रोजगारी प्रवद्र्धन गर्ने, उर्जाबाट प्राप्त हुने प्रतिफलमा महिलाको पहँुच वृद्धि गर्ने, नवीकरणीय उर्जाको बिकास र प्रबद्र्धन महिलाको सहभागिता बृद्धि गर्ने तथा उर्जा क्षेत्रलाई लैगिकमैत्री बनाउनको लागि वकालतीमा काम गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)