Aamsanchar

इलाममा कांग्रेसका २२ जना कारबाहीमा

Author Image
शनिवार, भदौ १७, २०७४

इलाम,

इलामको चुलाचुली गाउँपालिका नेपाली कांग्रेस गाउँ कमिटिले पार्टीका गाउँ सभापतिसहित २२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । तीन वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी २२ जनालाई कारबाही गरेको  कमिटीले जानकारी दिएको छ ।

जनपार्टीका उपसंयोजक कर्णबहादुर राईको अध्यक्षतामा बसेको बैठकले निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध गतिविधि गरेको भन्दै कारबाही गरेको हो । जसमा पार्टीका गाउँ सभापति गणेश फागो तथा उपसभापति डिल्लि चापागाइँसहित क्रियाशिल सदस्य, क्षेत्रीय प्रतिनिधि लगायतका नेता कार्यकर्ता कारबाहीमा परेका हुन् ।

निर्वाचनमा कांग्रेसको तर्फबाट चुलाचुली गाउँपालिकाको अध्यक्षमा राजेन्द्र केरुङले उम्मेदवारी दिनुभएको थियो । उहाँ नेकपा एमालेका उम्मेदवारसँग पराजित हुनुभएको थियो । उपसंयोजक कर्णबहादुर राईका अनुसार कारबाहीमा पर्नेमा अनुप अधिकारी, सेतुप्रकाश राईसहित जिल्ला सदस्य सुबास आङथुपो, शिक्षक संघका क्षेत्रीय प्रतिनिधि पदमकेशर लिम्बू, शिक्षक संघका सदस्य कमल भण्डारी, पार्टीका क्षेत्रीय प्रतिनिधि बिश्वबन्धु राई, पार्टीका पूर्व गाउँ सचिव सुदर्शन पौडेल तथा क्रियाशिल सदस्यहरु कुमार राई, धनप्रसाद दुलाल, जसमाया तामाङ, ख्याम अधिकारी, रोशन पौडेल, होम अधिकारी, घनश्याम अधिकारी, टिका अधिकारी, अबि अधिकारी, बिशाल राई रहेका छन् ।

यसैगरी केशब मिश्र, पृथ्वीमान श्रेष्ठलाई भने स्पष्टीकरण सोधेको बताइएको छ । यस्तै बैठकले कर्णबहादुर राईको संयोजकत्वमा २३ सदस्यीय नेपाली कांग्रेस चुलाचुली गाउँ कमिटि समेत गठन गरेको छ । -उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर