Aamsanchar

राप्रपा छाड्नेको लर्काे

Author Image
मङ्गलवार, भदौ २०, २०७४

बिर्तामोड।

राप्रपाका केन्द्रीय सदस्य देवीरमण भट्टराईसहित २४ जना भन्दा बढी जिल्ला स्तरीय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
हिन्दू राष्ट्रको मुख्य एजेन्डा राप्रपाले लत्याएको, नेताहरु पदीय स्वार्थ र गुटवन्दीमा लागेर कार्यकर्ताहरुको मर्म र भावना विपरीत पार्टी सञ्चालन गरेको भन्दै उनीहरुले राप्रपा छाडेको जनाएका छन् ।

पार्टी परित्याग गर्नेहरुमा राप्रपाका युवक संगठनका केन्द्रीय उपाध्यक्ष धुव्रकुमार उप्रेती, जिल्ला सदस्य तुलाराम राजवंशी, ३ नम्वर क्षेत्रीय अध्यक्ष देवेन्द्र कन्दङ्वा, क्षेत्र नम्वर ४का उपाध्यक्ष हरि खड्का, पूर्व हल्दिवारी गाउँ कमिटी अध्यक्ष लीला बस्नेत, ३ नम्वर क्षेत्रीय सदस्य झगेन्द्र राजवंशी, बाह्रदशी गाउँपालिका सचिव उमेश कार्की रहेका छन् ।
त्यस्तै अर्जुनधारा–५का अध्यक्ष खिलराज कार्की, वडा सचिव कमलबहादुर गिरी, वडा सदस्य सुवास खड्का, नेत्र आचार्य, खडानन्द गिरी, हेमबहादुर कार्की, वडा महिला सदस्यहरु चन्द्रमाया दर्जी, अम्बिका कार्की, वडा सदस्य बुतकुमार राजवंशी, बमबहादुर बराइली, रुपेश राजवंशी, लालवहादुर धिमाल, चूडाबहादुर दर्जी, बिर्तामोड युवक संगठन सचिव सुमन खवास, किसान संगठनका भोजकुमार बास्के, सचिन राई लगायत छन् ।
यस अघि पार्टीका जिल्ला सदस्य रत्नबहादुर अधिकारी, कुमार याक्सो, शिवबहादुर कटुवाल, धुव्र पोखरेल, क्षेत्र नम्वर ५का क्षेत्रीय अध्यक्ष भीम कार्की, बिर्तामोड नगर उपाध्यक्ष देवी संग्रौला लगायतले पार्टी परित्याग गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)