Aamsanchar

दुई नम्बर प्रदेशमा मनोनयन दर्ताको सबै तयारी पूरा

Author Image
मङ्गलवार, भदौ २०, २०७४

काठमाडौं,

दुई नम्बर प्रदेशमा हुने स्थानीय चुनावको मनोनयन दर्ताको सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरि आयोगले मनोनयन दर्ताका लागि कर्मचारी कागजात लगायत सवै सम्बन्धित ठाउँमा पुगिसकेकाले मनोनयन दर्ताको तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले असोज २ गते हुने चुनावमा सवै दल सहमत हुने अवस्था आएकाले त्यसअघि दुई पटक चुनावको मिति सारेको औचित्य पुष्टि भएको बताउनुभयो । अर्को प्रसंगमा प्रमुख आयुक्त यादवले सरकारले सही समयमा आचार संहिता लागू गरेकाले अब फिर्ता नहुने बताउनुभयो ।

यसअघि ०६४ सालको चुनाबमा १ सय १७ दिन अघि र २०७० सालमा ८६ दिन अघि नै आचारसंहिता लागू भएको जानकारी दिंदै उहाँले यसपटक पनि चुनावभन्दा ८६ दिन अघि आचार संहिता लागू गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)