Aamsanchar

संघीय, संसदको चुनावमा राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु प्रत्यक्ष चुनावमा लडन तयार : कमल थापा

Author Image
बुधवार, भदौ २१, २०७४

पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै राप्रपा केन्द्रिय अध्यक्ष कमल थापा । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

विर्तामोड । राप्रपाका अध्यक्ष कमल थापाले अब हुने संसदको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।बुधबार झापाको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु अब प्रत्यक्ष चुनावमा होमिने बताए ।

पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले पनि आफू प्रत्यक्ष निर्वाचनबाट पछि नहटने र यस पटक जनताको साथ आफुलाई मिल्लेमा विश्वस्त रहेको बताए । उनी झापाको क्षेत्र नम्बर ३ वाट दुई पटकको निर्वाचनमा उम्मेदवार बनेर दुवैपटक उनी पराजित बनेका थिए ।

राप्रपा अध्यक्ष कमल थापाले प्रदेश र संघीय संसदको चुनावमा नेकपा एमालेसंग तालमेल गर्ने बताएका छन् । अहिले सरकारमा रहेका पार्टीहरु ‘आत्म समर्पणबादी’ भएकाले ति पार्टीहरुसंग तालमेलको कुनै संभावना नरहेको थापाले बताए ।

नेपालमा राष्ट्रवादी शक्तिलाई एक हुन नदिने ‘डिजाइन’का कारण आफ्नो पार्टीको फुटको मार व्यहोर्नु परेको थापाको भनाइ थियो । पार्टी फुटाउनमा सरकारमा रहेका दलहरुको हात रहेको घुमाउरो ढंगमा उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर