Aamsanchar

मतगणना एकैपटक गर: थापा

Author Image
बिहिवार, भदौ २२, २०७४

बिर्तामोड।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधिसभाको चुनाव दुई चरणमा भए पनि मत गणना भने एकैपटक गर्नुपर्ने माग राखेका छन् ।
झापाको बिर्तामोडमा बुधवार मिडिया नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले यस्तो माव गरेका हुन् । ‘दोस्रो चरणको चुनाव नसकी मतगणना गर्नु हुँदैन’– अध्यक्ष थापाले भने– ‘मतपेटिका सुरक्षित गर्ने, स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्नेबारे निर्वाचन आयोगले दलहरुसँग छलफल गरेर उपयुक्त व्यवस्था गरोस् ।’
उनले आगामी चुनावमा विचार मिल्ने राष्ट्रवादी शक्तिहरुसँग तालमेल गरेर अघि बढ्ने पनि बताए । मकवानपुरको क्षेत्र नम्बर १बाट आफैं प्रत्यक्ष चुनाव लड्ने पनि थापाले उद्घोष गरे ।
अध्यक्ष थापाले नेपाल हिन्दू राष्ट्र नहोस् भन्नेहरुको डिजाइनमा पार्टी फुटाइएको आरोप समेत लगाए । राप्रपा बलियो राष्ट्रवादी शक्ति बन्न नसकोस् भनेर डिजाइन र षड्यन्त्रबाट पार्टी विभाजन गरिएको उनको आरोप छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताको पक्षमा जनतासँग जाने र हिन्दूराष्ट्रको पुनःस्थापनाका लागि चालेका कदमलाई अझ सशक्त पार्दै लैजाने बताए । हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको राप्रपा देशको चौथो ठूलो पार्टी भयो, सदन सडक दुवै ठाउँमा हिन्दू राष्ट्र र राजसंस्था स्थापित गर्न संर्घष ग¥यांै भन्दै अध्यक्ष थापाले भने– सीमित स्रोत, साधन र संख्याको अभावले गर्दा हिन्दू राष्ट्र र राजसंस्था संविधानमा स्थापित गर्न भने सकेनौं ।
पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले झापामा पार्टी परित्याग गर्नेहरु प्रायः आफ्ना कार्यकर्ता नरहेको र केहीले पार्टी नछाडेको दावी गरेका छन् । उनले पार्टी छाडेका भनिएका व्यक्ति पनि पत्रकार सम्मेलन गर्दै राप्रपामा नै रहेको सार्वजनिक गरिने बताए । मिडिया नेपालका अध्यक्ष रञ्जीत प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लीला अनमोलले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर