Aamsanchar

पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारी पक्राउ

Author Image
बिहिवार, भदौ २२, २०७४

काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो ।

आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा रु पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज कोइरालाले राससलाई जानकारी दिनुभयो ।

पक्राउ पर्नेले ४५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी रु एक हजार ५०० दरले रु छ लाख ७५ हजार मागेका थिए । तर बार्गेनिङ गर्दा रु पाँच लाखमात्र लिने शर्तमा घुस लिँदै गर्दा घुस रकमसहित पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर