Aamsanchar

साना पार्टीबीच एकीकरणको घोषणा

Author Image
मङ्गलवार, असोज २४, २०७४

काठमाडौँ, 

मुलुकमा बृहद् वैकल्पिक राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्ने उद्घोषका साथ एक दर्जन साना राजनीतिक दल र संगठनबीच एकीकरण भएको छ ।

विगतमा नेकपा (एमाले)बाट विभाजन भएको मोहम्मद रिजवान अंसारीले नेतृत्व गर्नुभएको नेपाल संघीय समाजवादी पार्टीसँग ती राजनीतिक दल र संगठनहरु एकीकरण भएका हुन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल संघीय समावादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय संमुक्ति पार्टी, किरात जनवादी वर्कस पार्टी, नेपाल श्रमिक पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टीका केही सदस्य, राष्ट्रिय जनविकास पार्टी, दलित मुक्ति श्रमिक पार्टी र दलित अधिकार अभियानबीच एकीकरण भएको घोषणा गरियो ।

पुराना शक्तिले विगत लामो समयदेखि मुलुकलाई राजनीतिक स्थिरता र समृद्धिको दिशातर्फ उन्मुख गराउन असफल भएको जनाउँदै एकीकृत पार्टीका अध्यक्ष अंसारीले देश र जनताको हितका खातिर आफ्नो दलले काम गर्ने बताउनुभयो ।

एकीकरण भएका दलमध्ये तीनवटा पार्टीले मात्र आगामी निर्वाचनमा भाग लिने सिलसिलामा निर्वाचन चिह्न प्राप्त गरेको बताइएको छ ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर