Aamsanchar

मेयरले नै गरे नवनिर्वाचित जनप्रतिनिधिहरुको पारिश्रमिक रद्द

Author Image
शनिवार, असोज २८, २०७४

धनकुटा ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले आफ्नो अनुपस्थितिमा बसेको नगरपालिकाको बैठकले गरेको जनप्रतिनिधिहरुको पारिश्रमिक निर्धारणसम्बन्धी निर्णय बदर गरेका छन् ।

प्रदेश कानुन नबन्दै मनोमानी ढंगले जनप्रतिनिधिहरुको तलव भत्ता र सेवासुविधा तोकिएको भन्दै चौतर्फी आलोचना भएपछि नगरपालिकाको बैठकले प्रदेश कानुन नबनुन्जेल सो निर्णय रद्द गर्ने निर्णय गरेको हो ।

गत असोज ९ गते मेयर चिन्तन तामाङ चीन भ्रमणमा गएको बेला उपमेयर सकुन्तला बस्नेतको अध्यक्षतामा बसेको बैठकले वडाध्यक्ष र नगरपरिषद् सदस्यले मासिक २५/२५ हजार, उपमेयरको ३५ हजार र मेयरले ४५ हजार रुपैयाँ तलव लिने निर्णय गरेको थियो ।

मेयर तामाङले भने कानुन विपरित तलव भत्ता तोकिएकाले निर्णय बदर गर्नु परेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर