Aamsanchar

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकीकरण

Author Image
आइतवार, असोज २९, २०७४

काठमाडौँ,

नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन ।

“काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ”– छलफलमा सहभागी काँग्रेसका नेता महेश आचार्यले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर