Aamsanchar

समानुपातिकका उम्मेदवार सिफारिस

Author Image
सोमवार, असोज ३०, २०७४

बिर्तामोड।

आगामी मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र जिल्ला संगठन समिति झापाले समानुपातिक उम्मेदवारको सिफारिस गरेको छ ।
माओवादी केन्द्रले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारतर्फ धर्मशीला चापागाँई, अस्मिता कन्दङ्वा तामाङ र गणेश भित्रिकोटीलाई सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभातर्फ क्षेत्र नं. १बाट बाबुलाल सुब्बा, दलबहादुर सारु मगर, कर्णप्रसाद अर्याल, मुकुलचन्द्र राजवंशी, सूर्यबहादुर विश्वकर्मा, विचारी मंग्राती, श्यामवीर लिम्बू, इन्द्रबहादुर लिम्बूलाई सिफारिस गरिएको छ ।
त्यस्तै क्षेत्र नं. २बाट खड्गबहादुर कन्दङ्वा, सीतादेवी सापकोटा, निर्मला खतिवडा, किर्तिकुमार राजवंशी, कुवेर श्रेष्ठ, यानुकुमारी गौतम, छत्रबहादुर तिम्सिना, प्रेमप्रसाद भट्टराई, लक्ष्मीदेवी न्यौपाने, चन्द्रबहादुर थापालाई सिफारिस गरिएको छ ।

क्षेत्र नं. ३बाट नरपति चापागाँई, शिवकुमार राजभण्डारी, लक्ष्मी राजवंशी, सौतालाल मेचे, पूजा खनाल, भगीरथा अधिकारी, मेदनीप्रसाद शिवाकोटीलाई सिफारिस गरिएको छ ।

क्षेत्र नं. ४बाट मणिकुमार साम्पाङ, कल्पना कार्की मगर, विद्यानन्द राजवंशी, शारदा प्रसाईं, गोपाल प्रसाईं, नगेन्द्रप्रसाद पौडेल, जितेन्द्र चेम्जोङ, कचाली ताजपुरियालाई सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नंं. ५बाट बन्दना झाँगड, संगीता सोरेन, पुष्पलाल ढकाल, भीमराज लिम्बू, हरि लामा, अजयकुमार अग्रवाल, गणेशमान धिमाल, हुकुमबहादुर नेपाली, सुमित्रा राई, डम्बर पुलामी मगर, दुर्गाप्रसाद चम्लागाँई, रमेश गुरागाँईलाई सिफारिस गरिएको बताइएको छ ।े

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर