Aamsanchar

के आउला प्रतिवेदन ? छानबिन समिति काठमाडौँ फिर्ता

Author Image
सोमवार, कार्तिक १३, २०७४

झापा,

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको विषयमा छानबिन गर्न सरकारद्वारा गठित छानबिन समिति आज काठमाडौं फर्किएको छ ।

गृह मन्त्रालयका सहसचिव वीरन्द्रकुमार यादवको संयोजकत्वमा गठित टोली शनिबार दिउँसो यहाँ आएको थियो । समितिले तीन दिनमा काम सकेर आज फर्किएको प्रजिअ ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

समितिले मृतक र नगरपालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी र जिल्ला सुरक्षा समितिसँग घटनाका विषयमा जानकारी लिएको थियो । समितिले बिर्तामोड घटनाको प्रतिवेदन सात दिनभित्र गृह मन्त्रालयमा बुझाउने जनाइएको छ । समितिमा प्रहरी नायब महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)