Aamsanchar

जय नेपाल भन्नका लागि काँग्रेस हुन पर्दैन : शर्मा

Author Image
बिहिवार, कार्तिक २३, २०७४

कृषक जहाँ त्यही भेटघाटमा नेता शर्मा

शान्तिनगर । मंसिरको धान काट्ने चटारोमा मग्न भएका बुद्धशान्ति गाउँपालिकाका ५९ वर्षिय पुण्यप्रकाश पौडेलका अगाडी दुइ जना मान्छे टुप्लुक्क पुगे । उनीहरु थिए । नेपाली काँग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मा र प्रदेश सभा ख का उम्मेदवार अशोक पोखरेल । उनको घरमा पुग्दा उनी खेतमा धान काटिहेका थिए । उनलाई भेटन उम्मेदवारदवय खेतमै पुगे र भोट मागे । त्यसबेला खेतमा उनीहरुको चिया खाने समय भएकाले युवा नेता शर्माले पनि चिया मागेर सँगै खाए अनि भोट दिन आग्रह गरे । भोट मात्र मागेनन् उनीहरुले । खेतालासँगै लागेर धान समेत काट्न सघाए । ‘म किसानको छोरो हो होइन थाहा हुन्छ’ नेता शर्माले यसो भन्दै हसिया मागेर धान काट्न अघि बढे । सँगै अर्का नेता पोखरेले पनि साथ थिए । यो दृष्य सबैका लागि हेर्न लायक थियो । ‘नेताले पनि काम गर्दा रहेछन्’ हरिमाया सुब्बाले भनिन् ।
‘यहाँबाट धेरै नेतालाई जिताएर पठायौँ’ होमादेवी पौडेलले भनिन्–‘तर उनीहरु कहिले पनि फर्केर आएनन् ।’ ‘हामीलाई अरु केही चाहिन्दैन’ पौडेलले भनिन्–‘तर हामीलाई पर्दा सहयोग पुगोस ।’
घरदैलो अभियानका क्रममा शान्तिनगर पुगेका शर्माले आफु यहि ठाउँमा हुक्रिएको र यहाँको विकास गर्ने सपना बोकेर अघि बढेकाले तपाईहरुको मत मागेको बताए । शान्तिनगर आफ्नो पुख्र्याैली थलो भएको बताउँदै नेता शर्माले कृषिको उर्वरभूमि रहेको शान्तिनगरको विकासमा आफु सधै लागि पर्ने समेत बताए ।
अर्का नेता अशोक पोखरेलले आफु अदालतमा रहेर काम गर्दा शान्तिनगरका हरेक समस्याहरुलाई कानुन बमोजिम यहाँका जनताको हितमा काम गरेकाले न्याय गर्ने कुरामा विश्वस्त रहेको बताए ।
हारेर पनि हराएको छुइन ः शर्मा
धुलावारी । ‘पहिले तपाईहरुको मन जित्न सकिन, यस कारण मत जित्न सकिन ।’ नेपाली काङ्ग्रेस क्षेत्र नम्बर एक का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले आफु पराजित हुनुको कारण खुलाए । ‘हारेर पनि म तपाईहरुबाट हराएको छुइन । काङ्ग्रेसका ेन्द्रीय सदस्य समेत रहेका शर्माले भने–‘तपाईहरुको मतको सम्मान गर्दै मन जित्न निरन्तर लागिरहे । यसकारण आज फेरी मत माग्न आएको छु ।’

दोस्रो संविधान निर्वाचनमा रविन कोइरालासँग ६ सय ९८ मतले पराजित भएका शर्मा त्यसपछि निरन्तर आफ्नो क्षेत्रमा काम गरिरहे । २०७२ साल बैशाख १२ गते गएको महामुकम्पमा परेका नेपालीहरुका लागि मेची अभियान मार्फत राहत वितरणमा जुटेका शर्माले पार्टी भन्दा माथि उठेर सबै दलका नेताहरुलाई समेटेका थिए । देशमै पहिलो पटक स्वास्थ्य महोत्सवको आयोजना गरेर झापा क्षेत्र नम्बर १ मा नयाँ कामको थालनी गरेका थिए शर्माले । जुन नेपालमै पहिलो अभ्यास थियो । यो अभियानको मुख्य शुत्रधार नै शर्मा थिए । बाहुनडाँगीमा भएको हात्ति आतङ होस या मेचीनगर ७ का राजन गिरीको घरमा भएको आगलागी होस । उनी निरन्तर सेवामा लागिरहे । यसो त उनले विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुको समूह बनाएर गाउँ गाउँमा स्वास्थ्य शिविर चलाए ।
‘पहिले भोट नदिँदा धोका भएको छ’ मेचीनगर ३ की सरस्वती कार्कीले भनिन्–‘काम गर्ने मान्छेलाई गुमाएका रहेछौँ । अब यो पटक जिताउनु छ ।’

मेरो नातीले पुर्नजन्म पाएको छ ।
शान्तिगर । शान्तिनगरकी हुमादेवी ढकाल बिहिवार नातीलाई बोकेर घरमा बसिरहेकी थिइन् । क्षेत्र नम्बर १ का प्रनितिकि सभाका उम्मेदवार विश्वप्रकाश शर्मा उनको घरमा पुगेर मत माग्दा उनको काखमा भएको नानी हुत्तिएर शर्माको हातमा आयो । एउटा अपरिचित मान्छे त्यसमा पनि बालख नानी एक्कासी आउँदा छेउमा रहेका अन्य अचम्मित भए । नेता शर्माले मुस्कुराउँदै भने–अस्ति विरामी भएको नानी उ नै होइन ?

हुमादेवी टाउको हल्लाउँदै हो भनिन् –‘मेरो नातीले पुर्नजन्म पाएको छ । मेरो लागि विश्व भाई भगवान नै भएर आएका छन् ।’
जन्मेको ११ दिनमा पिसाव नलीमा घाउँ भएर विरामी भएका बुद्धशान्ति ४ का शिशिर ढकालको उपचार शर्माको पहलमा काठमाडै लगेर भएको थियो । धरानस्थित घोपा क्याम्पमा उपचार गराइए पनि सम्भव नभएपछि उनलाई शर्माले काठमाडौ लैजाने सल्लाहसँगै सहकार्य गरेका थिए । तत्कालै हवाइजाहाजमा उनलाई काठमाडौँ लगियो । त्यसबेला स्वास्थ्य मन्त्रि गगन थापा थिइ । शर्माले नेता थापासँगको कन्ट्रयाकमा उक्त बच्चाको उपचार गराएका थिए । बच्चा जाति भएर एक महिनामा घर ल्याएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर