Aamsanchar

नेपालका अस्पतालमा भारतीय नागरिकको आकर्षण

Author Image
बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड ,

नेपालमा नै राम्रो उपचार हुने जानकारी पाएपछि भारतका विभिन्न स्थानबाट उपचारका लागी बिरामीहरु आउने क्रम बढ्न थालेको छ । झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलले अत्याधुनिक उपकरणका साथमा दक्ष चिकित्सकहरुबाट उपचार सुरु गरेसंगै भारती बिरामी पनि नेपालमा उपचार गराउन आउन थालेका हुन् ।

भारतका सिक्किम, दार्जिलिङ लगायतका स्थानका बिरामीहरु नयाँदिल्ली, कोलकत्ता लगायतका ठूला अस्पताल आउनुभन्दा नेपालमा नै रहेको विश्वस्तरीय हस्पिटल बीएण्डसी हस्पिटलमा उपचारका लागी आउन थालेका छन् । भारतको सिक्किमका तिलक सुब्बाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा ब्रेन टुमरको सफल शल्यक्रिया गरेको छ ।

बिहिबार हस्पिटल परिसरमा पत्रकारसंग कुरा गर्दै उनकी श्रीमती लाचुङ शेर्पाले श्रीमनलाई अत्याधिक टाउँको दुख्ने गरेको र दार्जिलिङमा चेकजाँच गर्न लैजादाँ ब्रेन टुमर भएको पत्ता लागेको बताइन् । चिकित्सकहरु दिल्ली, कोलकत्ता तथा भोलोर अस्पतालमा मात्रै यसको उपचार संम्भव भएको बताएपनि नेपालमा पनि यसको उपचार हुने थाहा पाएपछि आफुले बीएण्डसी हस्पिटल ल्याएको जानकारी दिइन् ।

गत अक्टोबर १९ तारिखमा ल्याएको बिरामीको सफल शल्या क्रिया पछि घर लैजान लागेको उनका साडुदाई छेवङ बुटियाले बताए । सुब्बाको उपचारमा न्युरो डाक्टर सुदिप सिंह र डा. दिनेश थापाको टोली रहेको बीएण्डसी हस्पिटलका जनसम्र्पक अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

पछिल्लो समयमा नेपालले स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मार्दै गएको अनुभव हुन थालेको बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । उनले भने–हाम्रो ठाँउबाट उपचारका लागी भारत धाउने चलन छ तर सहि उपचार हुने थाहा पाउदा नेपालमा नै जटिल रोगको पनि उपचार सम्भव छ ।

उनले विश्वस्तरी प्रविधिका साथ दक्ष चिकित्सक भएकाले सिक्किमबाट समेत विश्वास गरे आइदिएकोमा बिरामीका आफन्तलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर