Aamsanchar

दानपेटिकाको रकम नेत्रहिन संघलाई

Author Image
बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड,

झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा राखिएको दानपेटिकामा संकलित रकम झापा नेत्रहिन संघलाई प्रदान गरिएको छ ।

बिहिबार एक कार्यक्रमको आयोजना गरि बिर्तासिटी अस्पतालका संचालक गोपाल बस्नेतले दानपेटिकामा संकलित १९ हजार १० रुपयाँ नेत्रहिन संघका जिल्ला अध्यक्ष द्रोणचार्य निरौलालाई हस्तान्तरण गरे । यसका साथै सो दानपेटिकाको साँचो समेत हस्तान्तरण गरिएको छ ।

अस्पतालमा आउने बिरामीका आफन्त लगायतले ‘थोरै भएपनि सहयोग गरौ’ भन्ने उद्धेश्यले दानपेटिकामा पैसा हाल्ने गरेका थिए । सो दानपेटिका असहाय, असक्तलाई सहयोग गर्ने उद्धेश्यले अस्पताल परिषरमा राखिएको थियो । सोही रकम अस्पतालका संचालक बस्नेतले नेत्रहिन संघलाई प्रदान गरेका हुन् ।

३÷३ महिनामा खोलिने दानपेटिकामा संकलित रकम ६ हजार सम्म जम्मा भए अस्पतालले ६ हजार थप गरि नेत्रहिन संघलाई १२ हजार बनाई सहयोग गर्ने संचालक बस्नेतले प्रतिबद्धता जनाएका छन् ।

सो रकम जिल्लाका नेत्रहिनहरुको हितका लागि खर्च गरिने अध्यक्ष निरौलाले जानकारी दिए । जिल्लाका आधा दर्जन बढि स्थानमा नेत्रहिन संघले दानपेटिका राखेका छन् । संघमा हाल जिल्लाका ९९ जना दृष्टि–बिहिनहरु आबद्ध छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर