Aamsanchar

विश्व प्रकाश शर्मालाई जिताउन काठमाडौमा झापालिको भेला

Author Image
शनिवार, कार्तिक २५, २०७४

नेत्र बिक्रम बिमली

नेपाली काङ्ग्रेसका युवा नेता विश्व प्रकाश शर्मालाई जिताउन काठमाडौ मा भेलाको आयोजना गरिएको नेपाली काङ्ग्रेसका ज्ञानमणि भुर्तेलले बताएका छ्न ।
आसन्न प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नम्बर १ बाट शर्मा र माओबादी एमाले गठबन्धनका राम कार्की चुनावी प्रतिस्पर्धा गर्दै छ्न ।

नेपाली काङ्ग्रेसमा राम्रो छवि बनाएका शर्मा लाई प्रतिनिधि सभा सदस्यमा जिताउन काठमाडौमा भएका विभिन्न पेशामा आबद्ध काङ्ग्रेस समर्थकहरुको बाक्लो उपस्थित रहेको थियोे ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका शर्मा आफ्नो निर्वाचन क्षेत्रमा निकै पपुलर समेत रहेको पाइन्छ ।
गत स्थानीय निर्वाचनमा समेत आफ्ना उम्मेद्बारलाई जिताएर आफ्नो अबिभावक्त्व महत्त्वपूर्ण रहेको साबित गरेका छ्न ।

काठमाडौ स्थिति वाल्मीकि कलेजमा भएको भेलाले काठमाडौमा रहेका झापा क्षेत्र नम्बर १ का करिब ४ हजार मतदाताहरुलाइ निर्वाचनमा भाग लिन झापा जानको लागि पनि अनुरोध गर्ने भएका छ्न ।
विश्व प्रकाश जिताउ अभियान सन्चालन गर्न आर्थिक ,भौतिक र नैतिक सहयोग गर्न पनि भेलामा अपिल गरिएको थियोे ।

नेपालका प्रख्यात मुटुरोग विशेषज्ञ डाक्टर रामेश कोइराला ,डाक्टर जुगल भुर्तेल ,पुर्व एआइजी नवराज ढकाल ,समाजसेवी प्रकाश श्रेष्ठ लगायतले नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला ,नेता विश्व प्रकाश शर्मा लगायत झापाका सबै नेपाली काङ्ग्रेसका उम्मेद्बारहरुलाइ जिताउन आ आफ्नो ठाउबाट सबैलाई सहयोग गर्न समेत आह्वान गरेका छ्न ।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर