Aamsanchar

कुखुरापालनबाट मनग्य आम्दानी

Author Image
आइतवार, कार्तिक २६, २०७४

तेह्रथुम, 

जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ । परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ ।

विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ । तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै कमाउन सकिन्छ भनेर फर्किने पनि भेटिन्छन् । स्वदेश फर्किएपछि उनीहरुले घरैमा बसेर लाखौँ रुपैयाँ आम्दानी गरेका छन् ।

तिनै युवामध्ये एक हुनुहुन्छ छथर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी । मनग्य कमाउने सोचले अलिअलि भएको पैसा पनि म्यानपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसिया पुगेका बुढाथोकीले छवर्ष विदेशमा बिताउनुभयो । पछि स्वदेशमै केही गर्ने सोचले फर्किनुभयो । अहिले उहाँले व्यावसायिक कुखुरापालनलाई आम्दानीको स्रोत बनाउनुभएको छ ।

चार वर्षदेखि कुखुरा फार्म खोलेर व्यावसायिक बन्नुभएका बुढाथोकीले सात सयभन्दा बढी कुखुरा पाल्नुभएको छ । शुरुवातमा रु ५० हजारमा कुखुरापालन व्यवसाय शुरु गर्नुभएका उहाँले मासिक रु ३५ हजार बचत गर्नुहुन्छ । व्यवसायमा लगानी पनि बढ्दो छ ।

विसं २०५८ मा १० कक्षा उत्तीर्ण गरेपछि उहाँ प्राविधिक सीपकोे खोजीमा मोरङ झर्नुभयो । उर्लाबारीमा ६ महिना बिजुली सम्बन्धि तालिम लिनुभयो ।

“परिवारबाट टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन,” उहाँले भन्नुभयो । गाउँ÷गाउँमा फ्रेस हाउस खुलेपछि उहाँलाई बजारको कुनै समस्या छैन । ओख्रे बजारमा बुढाथोकीको आफ्नै फ्रेस हाउस समेत छ ।
अहिले फार्ममा रु पाँच लाखभन्दा बढी लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानी बैंकमा रु तीन लाख बचत गर्नुभएको छ । व्यवसायबाटै उहाँ ऋणमुक्त हुनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)