Aamsanchar

चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक

Author Image
बुधवार, फागुन ९, २०७४

 इलाम,

प्र्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।

प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको एकदिने कार्यशालामा प्राङ्गारिक चिया उत्पादन गर्ने कार्यमा लागिपरेको इलाममा अझै पूूर्ण रुपमा विषादी प्रयोग नहटेको र कामदारलाई सुरक्षित वातावरण सिर्जना गर्न नसकिएको बताउँदै भन्नुभयो, “अब इलाममा वैकल्पिक मलको विकल्प खोज्दै श्रम ऐन लागू गर्न जरुरी छ ।”

“जबसम्म वैकल्पिक मल पाइन्न तबसम्म पूर्ण प्राङ्गारिक चिया उत्पादन गर्न सफल होइँदैन”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन क्षमतामा वृद्धि र गुणस्तरीय चिया उत्पादन गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर