(देबु बानियाँ)

कचनकवल ।

जिल्लाको दक्षिणी गगाउँपालिका कचनकवलस्थित बडोकेचना सिमसार र स्थानीयबासीको लामो समयदेखिको जग्गा विवाद सुल्झिएको छ ।

‘दिगो शान्तिका लागि उन्नत विकास’ भन्ने लक्ष्यको लिइएके माकुर समूह प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको पहलमा ४० वर्षदेखिको जग्गा विवाद सुल्झिएको हो । गाउँपालिकको माहतमा रहेको सिमसार र त्यसवरिपरि बसोबास गर्ने समुदायबीचको जमिन उपभोगसम्बन्धी विवाद माकुरा समूहले एक वर्ष भन्दा बढी समय लगाएर सुल्झाएको हो । कचनकवल ३ मा पर्ने बडोकेचना सिमसार २८ विगाहा क्षेत्रफलमा फैलिएको छ ।

माकुरा समूहले ०७३ साल मंसिरदेखि सिमसारको विवाद समाधान गर्न नियमित भेटघाट, संवाद र बैठक गरेको थियो । हाल मुलुकक १७ वटा जिल्लामा काम गरिरहेको माकुर समूहले विभिन्न स्थनमा भएका विवादहरुकाृ सहजीकरण गर्दै आएको समूहकी राष्ट्रिय स्रोत व्यक्ति संगिता थापाले बतइन् ।
कचनकवल गाउँपालिकाको वडा नम्बर ३ मा आयोजित कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने व्यक्ति र सरोकारवालाबिच ८ बुँदे सहमति सहित हस्ताक्षर भएको छ ।
वडा नम्बर ३ को आयोजनामा भएको कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी जनता र स्थानीय निकायबीच सहमति भएको हो । सहमति पछि अब प्रक्रियागत रुपमा समाधानका लागि काम अघि बढ्नेछ ।
सहमति अनुसार नापीको लागि ११ सदस्यी सर्वदलिय समिति गठन भएको छ । सदियार जग्गा धनीले आफ्नो नम्बरी जमिनमा स्वत छोडने, अव्यवस्थित रुपमा रहेको बसोबासलाई व्यवस्थित गर्ने, भिलको दिगो विकास लागि पर्यटन क्षेत्रम विकास गर्ने र त्यहाँबाट सिर्जित भएको रोजगारीलाई त्यहाँका सुकुम्बासी परिवारलाई पहिलो प्राथमिकता दिनेलगायत ८ वटा बुँदामा हस्ताक्षर गरिएको छ ।
१ सय ८५ जना सहभागिले उक्त सहमति पत्रमा हस्ताक्षर गरेको मकुरा समूहकी स्रोत व्यक्ति संगिता थपाले बताइन् ।वडा नम्बर ३ का वडा अध्यक्ष विजयकुमार राजवंशीको अध्यक्षता तथा प्रतिनिधि सांसद राजेन्द्र लिङदेनको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कचनकवल गाउँपालिकाकी अध्यक्ष अन्जार आलम, उपाध्यक्ष निम्सरी राजवंशी, वडा नम्बर २ का अध्यक्ष मेघराज भट्टराई, माओवादीका केन्द्रीय सदस्य हिक्मत घिमिरे, एमालेका नवराज भट्टराईले यस क्षेत्रको समस्या समाधनका लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

